क्याम्पसमा अनिवार्य पोशाक र आईडी कार्ड लागु भएपछि विद्यार्थी भए खुशी

<span class='c1'>क्याम्पसमा अनिवार्य पोशाक र आईडी कार्ड</span> <span class='c2'>लागु भएपछि विद्यार्थी भए खुशी</span>

प्रेम देवान

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा लामो समयदेखि भइरहने विद्यार्थीबीचको झगडा, गुटबन्दी र बाहिरी हस्तक्षेप नियन्त्रण गर्न प्रशासनले हालैदेखि अनिवार्य पोशाक (युनिफर्म) र विद्यार्थी परिचयपत्र (आईडी कार्ड) लागू गरेसँगै विद्यार्थी खुशीदेखिएका छन् । क्याम्पस प्रशासनले नयाँ नियम लागू गरेसँगै क्याम्पसको वातावरणमा उल्लेखनीय सुधार देखिएपछि विद्यार्थीहरुमा खुशी छाएको छ । यस अघि, क्याम्पसमा गुटबन्दी, बाहिरी व्यक्तिको प्रवेश र नक्कली विद्यार्थीहरूद्वारा हुने विवादले शैक्षिक वातावरण नै प्रभावित भइरहन्थ्यो। तर, अहिले विद्यार्थीले तोकिएको पोशाक लगाउनै पर्ने, क्याम्पस प्रवेश गर्न आईडीकार्ड देखाउनु पर्ने नियम कडाइका साथ कार्यान्वयनमा आएको छ । केही दिन अगाडीमा मात्रै स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) सभापतिको कार्यकक्षामा २ वटा हतियार खुकुरी भेटिएपछि ठुलो विवाद भएको थियो ।

 

खुकुरी कसले र किन राख्यो भन्ने विषयमा अहिले सम्म यसको कुनै छानविन भएको छैन । यद्यपी खुकुरी भने वडा प्रहरी कार्यालय विराटनगरको नियन्त्रणमा रहेको छ । क्याम्पस परिसरमा भएको यसका किसिमका घटनालाई लिएर प्रशासनले कडाई गर्दै अबदेखी अनिवार्य रुपमा विद्यार्थी पोसाक र आईडीकार्ड अनिवार्य गराएको हो । मानविकी संकाय दोस्रो बर्षमा अध्ययनरत छात्र कौशल कुमार झा भन्छन्, “पहिले क्याम्पस आउँदा डर लाग्थ्यो, बाहिरका मान्छेहरू भिडभाड गर्थे। अहिले सबैले पोशाक लगाउने, चिन्न सजिलो भएको छ।” ‘केही समय अगाडीको खुकुरीको विवादले गर्दा पनि क्याम्पसले नियम लागु गरेको छ, यो पहिलेदेखी नै गर्नुपर्ने थियो तर पनि अहिले यो नियम लागु गरेको छ हामी विद्यार्थीहरुको लागि राम्रो हो ।’ बाहिरको मान्छे आउन निषेध गरेपछि अहिले क्याम्पसका विद्यार्थी मात्र आउने गरेका छन् जसले गर्दा हामी सुरक्षित भएको महशुस गरिरहेका छौँ अर्का विद्यार्थी अमितलाल साहले भने, “विद्यार्थीको पोसाक भनेको त हाम्रो गहना हो ।” क्याम्पस प्रशासनका अनुसार यो निर्णय विद्यार्थीहरूको सुझाव कै आधारमा गरिएको क्याम्पस प्रमुख डा. रामावतार शरणले भने , “शैक्षिक गुणस्तर सुधार गर्न वातावरण शान्त र सुरक्षित हुनु जरुरी थियो । अब क्याम्पसमा बाह्य व्यक्ति प्रवेश नियन्त्रणमा छ, अनुशासन कायम भएको छ।” क्याम्पस परिसर भित्र रहेको स्व.वि.यू कार्यालयमा विद्यार्थीहरुविच भएका घटना प्रति क्याम्पस प्रशासन गम्भिर भएको समेत शरणले बताए ।

 

क्याम्पसले यही साउन ४ गतेदेखी विद्यार्थीहरुलाई क्याम्पस प्रवेश गर्दा अनिवार्य विद्यार्थी पोशाक र परिचय पत्र लागु गरिसकेको उनले बताए । साथै क्याम्पसमा शान्ति सुरक्षा, असल शैक्षिक वातावरण निर्माण गर्न सरोकारवाला सबै पक्षसँग सहयोग गर्न पनि अपिल गरेको छ । यता स्व.वि.यू सभापति रोहित यादवका अनुसार अहिले विद्यार्थीलाई पोसाक र परिचयपत्र अनिवार्य गरेपछि केही राहत भने मिलेको छ । क्याम्पसमा ८ हजारको हाराहारीमा विद्यार्थी भएता पनि नियमित रुपमा आउने भने ३ देखी ४ हजार मात्र विद्यार्थी रहेको यादवको भनाई छ । विशेष काम लिएर आउनेहरुलाई छुटै भिजिटर कार्ड बनाएका छौँ । यादवले भने,’ ‘अहिले केही सम्म विद्यार्थीहरुलाई भने राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्