नयाँ भवन उद्घाटन कै क्रममा अर्किड कलेजद्वारा विद्यार्थी विदाइ

<span class='c1'>नयाँ भवन उद्घाटन कै क्रममा</span> <span class='c2'>अर्किड कलेजद्वारा विद्यार्थी विदाइ</span>

विराटनगरमा रहेको अर्किड कलेजले अाफ्नाे नव निर्मित भवनको समुदघाटन गरेको छ ।

आज कलेजमा एक कार्यक्रको आयोजना गरी प्रमुख अतिथी हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल र हिसानका केन्द्रीय निर्देशक समितीका सदस्य डा. माधव बरालले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

करीव ३ कठ्ठा क्षेत्रफमा रहेको जग्गामा तीन तल्ले भवन बनेको आज उदघाटन भएको हो । भवन निर्माणमा करीब ३ करोड लागेको कलेजका अध्यक्ष सिएम रिजालले जानकारी दिए ।

सोहि अवसरमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विदाइ पनि गरिएकाेछ ।

विज्ञान तथा व्यवस्थापक संकायका ४ सय ५० जना अध्यनरत आठौं औ ब्याचको विद्यार्थीहरुलाई कलेजले विदाई गरेको हो । विदाई कार्यक्रममा उच्चमाविले लिएका परीक्षामा विज्ञान संकायमा कलेज प्रथम हुने निश्मा गुरागाई तथा व्यवस्थान संकायमा कलेज प्रथम हुने रोशन थापा, मिस कलेज प्रिन्सेस कलेजमा फस्ट रनर अप हुने सजिना लामालगायत कलेजका उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्