चिनी मिलको गेट अगाडि  किसानहरुको विरोध प्रदर्शन

<span class='c1'>चिनी मिलको गेट अगाडि </span> <span class='c2'>किसानहरुको विरोध प्रदर्शन</span>

रौतहट । रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज (चिनी मिल) को मुलगेट अगाडि उखु किसानहरूले विरोध प्रदर्शन गरेका छन् । उखु उत्पादक संघ रौतहटको अगुवाइमा मंगलबार किसानहरूले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले सरकारले दिने भनिएको अनुदान रकम तुरुन्त उपलब्ध गराउनु पर्ने बताए ।उनले ७० रूपैयाँ प्रतिक्विन्टल अनुदान पूर्ण रूपमा दिनुपर्ने  र ३५ रूपैयाँ कटौती खारेज गर्नुपर्ने लगायत आफूहरुको मुख्य माग भएको जानकारी दिए ।

 

उनका अनुसार ८१÷८२ मा बाँकी रहेको १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी अनुदान रकम अझै किसानले पाएका छैनन् ।यद्धपी आफूहरुको मागमा सरकारले चासो नदिए देशभर चरणबद्ध आन्दोलन गर्ने उनले चेतावनी समेत दिए । यहि भदौ ८ गतेदेखि माइतीघर मण्डलामा धर्ना सुरु गर्ने उनले घोषणा समेत गरे । बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराका अनुसार  सरकारले पूर्ण अनुदान नदिए उखु उत्पादन घट्ने र उद्योगहरू आधा क्षमतामा सीमित बन्ने सक्ने छ । आर्थिक वर्ष २०८१÷८२ मा सरकारले दिने भनिएको अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने अडान उखु किसानको छ । किसानहरूले सरकार, उद्योग र व्यापारीबीच त्रिपक्षीय वार्ता गरी आर्थिक वर्ष २०८२÷८३ का लागि उखुको मूल्य यथाशीघ्र निर्धारण गर्नुपर्ने उनीहरुले माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्