२९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण

<span class='c1'>२९ जिल्लाका साढे २७ हजार</span> <span class='c2'>गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण</span>

काठमाडौं । २९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि साउन २० गते सम्मको तथ्यांक अनुसार सूदूरपश्चिम बाहेकका सबै प्रदेशका पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको हो । रोगका कारण सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । कोशीका ११ जिल्लामा २२ हजार १२२ वटा गाईभैँसीमा रोगको संक्रमण देखिएको छ भने हाल सम्म ६३७ पशुको मृत्य भएको मन्त्रालयले जनाएको छ । मधेश प्रदेशका ८ जिल्लामा ४ हजार ४९४ पशुमा संक्रमण देखिएकाो छ भने १७९ पशुको मृत्यु भएको छ । बागमतीका ५ जिल्लामा ७९३ पशुमा रोगको संक्रमण पुष्टि भएको र ३० वटा पशुको मृत्यु भएको छ ।

 

त्यसैगरी, गण्डकीको एउटा जिल्लामा ७ वटा पशुमा मात्रै हाल सम्म रोग पुष्टि भएको छ भने लुम्बीनीका ३ जिल्लामा १६ वटा पशुमा रोग पुष्टि भएको छ र कर्णालीमा १ जिल्ला मात्रै रोगका कारण प्रभावित भएको छ । यी प्रदेशमा हाल सम्म रोगका कारण गाईभैँसीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सरकारले हाल सम्म ५ लाख ६१ हजार ७५१ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्