बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : श्रेष्ठ

<span class='c1'>बहुविवाहलाई कानुनी मान्यता दिने</span> <span class='c2'>प्रयास अस्वीकार्य : श्रेष्ठ</span>

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै कुनैपनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए ।

 

उनले लेखेका छन्,‘ कुनैपनि कोण र बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन । यस प्रकारको विधेयकको मस्यौदा सरकारको सम्बन्धित मन्त्रालयले गरिरहेको छ भन्ने विषयले नेपाली समाजलाई तरंगित र क्षुब्ध बनाएको छ । सरकारले यस प्रकारको कार्य तत्काल रोकोस् ।’ श्रेष्ठले यस्तो कदम समाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्