रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने : ‘जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ’

<span class='c1'>रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने :</span> <span class='c2'>‘जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ’</span>

काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।बिहीबार भट्टराईले भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् । भेटेपछि उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्नेे धारणा राखे ।

 

उनले भने, ‘उहाँमाथि त अन्तिम फैसला भइसकेको छैन । उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ अथवा थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपथ्र्यो भन्ने मेरो बुझाइ हो ।’ उनले जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताउँदै रविलाई कारागारमा पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्