रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो : प्रधानमन्त्री ओली

<span class='c1'>रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने</span> <span class='c2'>पर्व हो : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिने र रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाईने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत जनै पूर्णिमाको अवसरमा शुभकामना दिँदै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइने पनि बताए ।

 

उनले लेखेका छन्,‘आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन मनाउँछौं। वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्। जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइन्छ। प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइन्छ। सबैलाई जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्