विराटनगर । मौसमविदहरुले अझै एक–दुई दिन मनसुन सक्रिय रहने पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना रहेको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज आइतबार र भोलि सोमबारको तुलनामा पर्सि मंगलबार झन् बढी पानी पर्ने सम्भावना छ ।
‘मनसुन एक्टिभ नै छ र यो पूर्वमा बढी केन्द्रित छ,’ उनले भने, ‘आज र भोलिको तुलनामा पर्सि राम्रै पानी पर्ने सम्भावना छ ।’ मनसुन सुरु भएदेखि अधिकांश समय हल्का र मध्यम वर्षा भएको छ । तराईमा भने पुरै खडेरी परेको थियो । तर अगष्ट महिना सुरु भएदेखि देशभरी वर्षा हुँदै आएको छ ।
आगामी दिनमा वर्षाको मात्रा र क्षेत्र दुवै बढ्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।