रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्द छ : मानव अधिकार आयोग

<span class='c1'>रवि बसेको कोठामा एसी छैन, झ्याल पनि</span> <span class='c2'>बन्द छ : मानव अधिकार आयोग</span>

बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।

 

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् । यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।

 

जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताइन् । आफूहरू झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्