उदयपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा युवक पक्राउ

<span class='c1'>उदयपुरमा ७ वर्षीया बालिकामाथि</span> <span class='c2'>बलात्कार आरोपमा युवक पक्राउ</span>

उदयपुर । उदयपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बरुवाटारका ४५ वर्षीय शुभराज राई रहेका छन्।

प्रहरीका अनुसार साउन १४ गते राति करिब १० बजे सोही स्थानमा डेराभाडा बस्ने बालिकामाथि जबरजस्ती करणी भएको थियो। आरोपित राईलाई खोजतलास गर्ने क्रममा साउन २५ गते उनको घरमैबाट नियन्त्रणमा लिइएको प्रहरीले मंगलबार जनाएको छ।

पक्राउ परेका राईलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्