विराटनगरकाे एक परिवारद्वारा मन्दिर निर्माण गरि बृद्धाश्रमलाइ हस्तान्तर

<span class='c1'>विराटनगरकाे एक परिवारद्वारा मन्दिर</span> <span class='c2'>निर्माण गरि बृद्धाश्रमलाइ हस्तान्तर</span>

विराटनगरका एक परिवारले मन्दिर निर्माण गरेर महिला जागृति तथा बृद्धाश्रमलाई हस्तारन्तरण गरेको छ ।

विराटनगर–३ का साहित्यकार रमाप्रसाद रिजाल र उनकी धर्मपत्नी मायादेवी रिजालले बजरंगबलीको मन्दिर निर्माण गरेर आश्रमलाई हस्तान्तरण गरेका हुन् ।

पुष्पलालचोकस्थित आश्रम परिसरमा निर्माण गरिएको मन्दिरको आज प्राणप्रतिष्ठा गरि हस्तान्तरण गरिएको हो । बृद्धाश्रमका आश्रित जेष्ठ नागरिकहरुलाई पूजापाठ गर्न सहज होस् भन्ने उद्देश्यले झण्डै पौने दुईलाखको लागतमा मन्दिर निर्माण गरिएको रमाप्रसादका सुपुत्र सुभाष रिजालले जानकारी दिए ।

सो अवसरमा मन्दिर निर्माता रिजाल दम्पतीसहित बृद्धाश्रममा निश्वार्थ सेवा गरेबापत आश्रमका सचिव त्रिलोक भट्टराई, सहसचिव सावित्रा थापा र सदस्य सीता निरौलालाई सम्मान गरिएको थियो । नेपाल ग्रामीण समाज विकास केन्द्रका अध्यक्ष मणिकुमार अज्र्याल, उपभोक्ता मञ्च विराटनगरका अध्यक्ष मोहन भट्टराई र आश्रम सञ्चालिका भुवनेश्वरी आचार्यले उनीहरुलाई सम्मान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्