ब्राउनसुगरसहित जोगबनीका तीनजना विराटनगरमा पक्राउ

<span class='c1'>ब्राउनसुगरसहित जोगबनीका तीनजना</span> <span class='c2'>विराटनगरमा पक्राउ</span>

विराटनगर । भारतबाट लागुऔषध ब्राउन सुगर लिएर नेपाल प्रवेश गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररीया जोगबनीका ३९ अहमद अली, ५१ वर्षीय मो।सराजुल र ३५ वर्षीया रुबी खातुन रहेका छन् । उनीहरुलाई विराटनगर–१३ मा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा चेकजाँच गरिएको थियो ।

त्यस क्रममा  १ सय ८ ग्राम ब्राउन सुगर बरामद भएको थियो । ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ । इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले नै उनीहरुलाई पक्राउ बुधबार साँझ पक्राउ गरेको हो ।

यसैगरी सुनसरी र झापाबाट साउन २८ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको प्रहरी चौकी खनारबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले  इटहरी उप–महानगरपालिका–११ स्थितबाट सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी –११ का १८ बर्षीय करण राई,  इटहरी–१४ का २२ वर्षिय कोरुजित सरदार, सिरहा का २४ वर्षीय होम मुखियालाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १ हजार २ सय ६० क्याप्सुल र डीकोलिक ५ सय १० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी बिट मेचीपुल झापाको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय कुमरखोदले प्रतिबन्धित लागू औषध ४२ ट्याब्लेट सहित भारत बिहार किसनगंजका १९ वर्षीय मो। जमिरुल र  ३ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित झापाको कन्काई नगरपालिका–३ का २६ वर्षीय सुभास बर्देवालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्