रवि लामिछानेलाई सारियो नख्खु कारागार

<span class='c1'>रवि लामिछानेलाई सारियो</span> <span class='c2'>नख्खु कारागार</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराउकाबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नक्खु कारागार लगिएको हो । शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका समर्थक र संचारकर्मीहरुलाई सम्बोधन समेत गर्न नदिइ नक्खु लगिएको हो ।

 

सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका उनलाई शनिबार ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ । रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो । लामिछानेलाई काठमाडौं ल्याउनका लागि दिउँसो ३ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने भनिएपनि मौसमका कारण ढिलाइ भएको थियो । लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्