टप एण्ड टी–२० सिरिज : मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको बलियो लक्ष्य

<span class='c1'>टप एण्ड टी–२० सिरिज : मेलबर्न स्टार्सले</span> <span class='c2'>नेपाललाई दियो १७६ रनको बलियो लक्ष्य</span>

काठमाडौं ।  अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ ।

मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए भने थोमस रोजर्सले ६५ रनको योगदान दिए । यी दुईले दोस्रो विकेटका लागि १२० रनको महत्वपूर्ण साझेदारी गरे ।  कप्तान क्याम्पबेल केलावे पहिलो ओभरमै व्यक्तिगत २ रनमा आउट भएपनि ब्लेक र थोमसले टोलीलाई सम्हाले ।

 

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए । यस्तै, मेलबर्नका २ खेलाडी रनआउट भएका थिए ।नेपाल यसअघि पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग र दोस्रो खेलमा शनिबार बंगलादेश एसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्