सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न सकेन् : पूर्वमुख्यमन्त्री कार्की

<span class='c1'>सरकारका कार्यक्रम गरिब र पीडितका घरमा</span> <span class='c2'>पुग्न सकेन् : पूर्वमुख्यमन्त्री कार्की</span>

इटहरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न नसकेको बताएका छन् ।मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित सुकुम्बासी दर्जी परिवारलाई जस्तापाता सहयोग गर्दै उनले विपन्न र सुकुम्बासी समुदायमाथि सरकारको ध्यान पुग्न नसकेको बताएका हुन् ।

उनले भने, ‘सरकारका कार्यक्रम गरिब र पीडित घर–घरमा पुग्न सकिरहेको छैनन्, त्यसैले हामीले आफैं पहल गरेर सहयोग गर्नुपर्ने अवस्था छ ।’सो अवसरमा कार्कीले विपन्न र सुकुम्बासी समुदायलाई सरकारको ध्यान पुग्न नसकेकोमा चिन्ता व्यक्त गर्दै आफूले नेतृत्व सम्हालेको समयदेखि नै जनतामुखी अभियानलाई प्राथमिकता दिएको बताए । उनले भने, ‘सरकारका कार्यक्रम गरिब र पीडित घर–घरमा पुग्न सकिरहेको छैनन्, त्यसैले हामीले आफैं पहल गरेर सहयोग गर्नुपर्ने अवस्था छ ।’ कार्कीको नेतृत्वमा यसअघि विराटनगरमा समेत सुकुम्बासीहरुको पुनःस्थापनाका लागि नमूना बस्ती निर्माण गरिएको छ ।विराटनगर–१२ मा बनेको नमूना बस्ती उनको अग्रसरतामा सम्पन्न भएको उल्लेख गर्दै उनले सुन्दरहरैंचामा गरिएको यो सहयोग पनि त्यसैको निरन्तरता भएको बताए ।

स्थानीय बासिन्दाले पूर्वमुख्यमन्त्री कार्कीको यस कदमलाई स्वागत गर्दै विपन्न परिवारलाई राहत पु¥याउने खालका यस्ता पहल निरन्तर गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्