मोरङको रङ्गेलीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

<span class='c1'>मोरङको रङ्गेलीबाट खैरो हेरोइनसहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

विराटनगर । प्रहरीले मोरङको रङ्गेली नगरपालिका–५ स्थित चाँदनी चोकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षका नुर हसन छन् । मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरूको साथबाट १११ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

आरोपी इम्तियाजले कम्ब्याट ट्राउजरको अगाडी कम्मरमा पेटिलाइनमा लागुऔषध लुकाएर ल्याएका थिए । नेपालमा बेच्ने उद्देश्यले भारतबाट सो लागुऔषध ल्याएको उनीहरूले प्रहरीलाई बयान दिएका छन् । ब्युरोको टोलीले पक्राउ गरेर उनीहरूलाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्