विराटनगर । जर्बरजस्ती करणी गरेको आरोपमा मोरङमा एकजना ४७ वर्षीय पुरुष पक्राउ परेका छन् । मोरङका प्रहरी नायव उपरीक्षक हस्तबहादुर सुनारका अनुसार पक्राउ पर्ने व्यक्तिलाई हातनाडा करणी गरेको आरोप छ ।
आफ्नै छोरीलाई करणी गरेको परिवारमा खुलेपछि उनी विरुद्ध जाहेरी दिइएको हो । प्रहरी नायव उपरीक्षक सुनारका अनुसार अहिले घटनाको अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने क्रम चलिरहेको छ ।
आफन्तले दिएको जाहेरीका आधारमा पीडितसँग प्रहरीले सोधपुछ तथा स्वास्थ्य परीक्षण गराएको छ । प्रहरीले जघन्य अपराधमा नाबालिक छोरी करणी गरेको आरोपमा पक्राउ परेका व्यक्तिको ठेगाना र नाम समेत गोप्य राखेको हो ।