भारत र चीनले नेपालको भूमिबारेको सम्झौताविरुद्ध उभिन गगन थापाको आब्हान

<span class='c1'>भारत र चीनले नेपालको भूमिबारेको</span> <span class='c2'>सम्झौताविरुद्ध उभिन गगन थापाको आब्हान</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरु एक भएर उभिनुपर्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आ–आफ्ना मत–मतान्तर भएपनि भारत र चीनले गरेको सहमतीप्रति घरेलु राजनीतिकको विषय नबनाई एकै ठाउँमा उभिन आग्रह गरेका हुन् । उनले भने, ‘विषयमा नेपालमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ । हिजोपनि उभिएका थियौ आज पनि उभिनुपर्छ । म नेपाली काग्रेस पार्टीको तर्फबाट आग्रह गर्न चाहन्छु,’ सांसद थापाले भने, ‘हाम्रा आफ्ना मतमतान्तर आफ्ना ठाउँमा छन् । प्रतिस्पर्धा आफ्ना ठाउँमा छन् । हामी कसैले पनि यस विषयलाई घरेलु राजनीतिकको विषय नबनाऔँ ।’

उनले दुई छिमेकीहरुले गरेको सम्झौताप्रति नेपाली कांग्रेस असहमत रहेको भन्दै त्यसप्रति आपत्तिजनक रहेको पनि बताए । ‘हाम्रा दुई छिमेकीहरु भारत र चीनले भूमिको बारेमा हाम्रो अनुपस्थितीमा एउटा निर्यण गरेछ । सम्झौता गरेकामा पढ्यौ, सुन्यौ । कांग्रेस पार्टी दुई छिमेकीहरुको व्यवहारप्रति असहमती छ । यो आपत्तीजनक छ । अस्विकार्य छ,’ उनले भने । थापाले नेपाल सरकारले यस सन्दर्भमा लिएको पहलकदमीले सबैलाई समेटेर अगाडि बढाउनुपर्ने पनि बताए ।महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुनेमा थापाको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्