ओलम्पिक कमिटीको तदर्थ समितिको नाम सार्वजनिक

<span class='c1'>ओलम्पिक कमिटीको तदर्थ</span> <span class='c2'>समितिको नाम सार्वजनिक</span>

काठमाडौं । नेपाल ओलम्पिक कमिटी(एनओसी)को तदर्थ समितिका सदस्यहरुको नामावली सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले सबै सदस्यहरुको नामावली सार्वजनिक गरेको हो ।

लामो समयदेखि चल्दै आएको विवाद र उत्पन्न अन्यौलताबारे बहुमत राष्ट्रिय खेल संघहरूले तदर्थ कार्य समिति गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । संस्थागत सर्वमान्य सिद्धान्त बमोजिम नेपाल ओलम्पिक कमिटिका बहुमत सदस्य राष्ट्रिय खेल संघहरूको श्रावण २६ गतेका दिन संयुक्त बैठक बसी नेपाल ओलम्पिक कमिटिका निवर्तमान अध्यक्ष ध्रुव बहादुर प्रधानको अध्यक्षतामा कमिटिको तदर्थ कार्य समिति र कार्य समिति अन्तरगत रहने गरी चारवटा विषयगत उप–समितिहरू गठन गरेको घोषणा समेत गरिएको छ ।

समितिले ओलम्पिक कमिटिमा भएका समस्याहरूको समाधानका लागि आईओसि लगायत नेपाल खेलकुद परिषद् तथा विभिन्न निकायहरूसँग आवश्यक समन्वय गरी नेपालमा ओलम्पिक गतिविधिलाई निरन्तरता दिने र निकट भविष्यमा ओलम्पिक कार्यक्रम अन्तरगत आयोजना हुने बृहत्त खेलकुदमा खेलाडीहरूको खेल्न पाउने अधिकार सुनिश्चित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्