जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ : देउवा

<span class='c1'>जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस</span> <span class='c2'>अग्रसर छ : देउवा</span>

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गणतन्त्र, संघीयता, धर्म निरिपक्षता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेपाली काङ्ग्रेस दृढ रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उनले आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर रहेको भन्दै प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयनमा काङ्ग्रेस दृढ रहेको बताए ।

 

उनले भने,‘आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ । निरन्तर प्रयासपछि पार्टी समानुपातिक र समावेशि मूल्य मान्यता अनुसार अगाडि बढेको छ । गणतन्त्र, संघीयता, धर्म निरिपक्षता, समानुपातिक समावेशिताको प्रभावकारी कार्यान्वयनमा काङ्ग्रेस दृढ छ । संविधान संशोधन गर्दा प्राप्त गरेको उपलब्धीलाई जोगाउँदै अघि बढ्नुपर्छ ।’यस्तै, उनले काङ्ग्रेसले मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्याङ्कन गरेको भन्दै उनीहरुको जीवनमा आधारित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गर्न पाउँदा खुसी लागेको बताए ।

 

उनले भने, ‘काङ्ग्रेस तथा मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उहाँहरुको जीवनमा आधारित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गरेर उहाँहरुलाई सम्मान गर्न पाउदा एकदमै खुशी लागेको छ ।’सोही क्रममा कांग्रेस महामन्त्री गगन थापाले २०१५ को सेरोफेरोमा राजनीतिमा स्थापित भएको सबैभन्दा असल राजनीतिक व्यक्तित्व काङ्ग्रेसमा नै हुने गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्