तीज पर्वलाई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकको रूपमा लिनुपर्छ ःमुख्यमन्त्री कार्की

<span class='c1'>तीज पर्वलाई महिलाको अधिकार, समता र</span> <span class='c2'>आत्मसम्मानको प्रतीकको रूपमा लिनुपर्छ ःमुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वको अवसरमा शुभकामना दिएका छन् । मंलबार शुभकामना सन्देश दिँदै उनले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक रूपमा लिनुपर्ने धारणा समेत राखे ।

 

तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै  यो अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न संकल्प गर्नुपर्ने बताउँदै उनले स्वास्थ्य, शान्ति र सौहार्द कायम राख्दै समानता र महिलाको सशक्तीकरणतर्फ अघि बढ्न यो पर्वले प्रेरणा दिने समेत बताए ।उनले कोशी प्रदेश सरकार महिलाको हित प्रवर्धनका कार्यक्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्