लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको तीज : साँस्कृतिक अधिकारमा सबैको समान अधिकार

<span class='c1'>लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको तीज :</span> <span class='c2'>साँस्कृतिक अधिकारमा सबैको समान अधिकार</span>

काठमाडौं । आज लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले पनि तीज मनाएका छन् । मंगलबार ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीहरुको लागि भनेर तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो ।सोही कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकी सल्लाहाकार पिंकी गुरुङले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले तीज मनाउँदा समाजले बहिस्कार गर्ने गरेको बताइन् ।

‘हामी हरेक वर्ष तीज मनाउछौ । आफू बालक भएर जन्मिए पनि आत्मा महिलाको भयो । बाल्यकालमा हामीलाई पनि तीज मनाउन मन पर्थ्यो, मनाउन खोज्दा समाजबाट बहिस्कार गरिन्थ्यो,’ उनले भनिन् । उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले पनि साँस्कृतिक अधिकार पाउनुपर्ने बताइन् । उनले भनिन्, ‘तेस्रो लिङ्गगीहरु जसले आफूलाई महिलाको अनुभुत गर्छ यो पर्व हाम्रो पनि हो भनेर स्विकार गर्छ । समाजले यो पर्व हामीलाई मनाउन दिईरहेको थिएन तर साँस्कृतिक अधिकार सबैले पाउनुपर्छ । हाम्रो पनि अधिकार हो भन्ने हिसाबले घरपरिवारको समर्थन नपाएका साथीहरुको लागि ब्लु डायमण्ड सोसाइटीले विभिन्न चाड मनाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्