रुबीको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु

<span class='c1'>रुबीको हत्या आरोपमा पक्राउ परेका</span> <span class='c2'>लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु</span>

रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको मृत्यु भएको छ । लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुबीको हत्यापछि लक्ष्मण फरार भएका थिए । माधोपुर गाउँनजिक शरीरमा मट्टितेल खन्याएर आत्महत्याको प्रयास गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले उनलाई उपचारका लागि बुधबार बिहान अस्पताल लगेको थियो ।

रुबीको हत्या गरी फरार माधोपुर घर भएका पासवान बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा माधोपुर गाउँमा फेला परेका हुन् । उनलाई तत्कालै स्थानीय अस्पताल पुर्‍याइएको थियो । शरीरको अनुहार लगायत भाग जलेर गम्भीर घाइते भएका पासवानको उपचारका क्रममा कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले पुष्टि गरेको छ ।

शनिबार साँझ गौरस्थित कोठा रुबी ब्युटी पार्लर जान भनेर निस्किएकी थिइन् । आइतबार भारतको मुजफ्फरपुरस्थित रोक्साटोल घर जाने तयारीका लागि रुबी अनुहारमा फेसियल गर्न पार्लर गएकी थिइन् । उनी फेसियल गरेर बाहिरिएपछि लक्ष्मणले आफ्नो डेरामा बोलाई रुबीको हत्या गरेका थियो ।

सोही राति १० बजेतिर गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । बिहानपख खोलेर हेर्दा रुबीको शव फेला पारेको थियो । रुबीको हत्यापछि मोबाइल अफ गरेर ९ मिनेटको भिडियो बनाएका थिए । भिडियोमा उनले रुबीको हत्या गरेदेखि नै आफ्नो हात काँपिरहेको बताएका थिए । रुबीको हत्या स्वीकार्दै उनले भिडियोमा भनेका छन् । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०, १५ वर्ष सजाय भोग्नुपर्छ । सजाय भोग्न तयार छु ।ु स्कुल पढ्दादेखि नै रुबीसँग आफ्नो गहिरो प्रेम बसेको लक्ष्मणले बताएका थिए । उनले रुबीको घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्