गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक, दर्शकमाझ उत्साह

<span class='c1'>गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक</span> <span class='c2'>भिडियो सार्वजनिक, दर्शकमाझ उत्साह</span>

काठमाडौं । नेपालकी उदाउदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ’ सोमबार सार्वजनिक भएको छ ।

गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गितमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ भने भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन । उक्त कोशेलीमा चर्चित मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट प्रदर्शन गरेका छन ।रियाको कोशेली आशा लाग्दो म्युजिक भिडियो बनेको निर्देशक प्रकाश भट्ट र गायक बिश्वास नेपालले बताए । निर्देशक भट्टले भिडियो अत्यन्तै उत्कृष्ट बनेकाले एकपटक हेरेर प्रतिक्रीया दिनको लागि आग्रह गरेका छन् । गित सार्वजनिक गरेसँगै उनी निकै उत्साहित भएको बताएकी छन् ।

रिया खत्रीको आधिकारिक युट्युब च्यानलले ६ महिनामै २३ हजार भन्दा बढी सब्सक्राइबर हासिल गरिसकेको छ भने उनका विभिन्न लाईभ दोहोरी अन्य म्युजिक भिडियोलाई लाखाँै दर्शकले हेरेर मन पराइसकेका छन् । आफ्नो मेहनतलाई मन पराई आफ्नो प्रस्तुती मन पराएकोमा दर्शक–स्रोताप्रति आभार प्रकट गर्दै उनले कलाकारितामै आफ्नो भविष्य जोडिएको बताएकी छन् । रियाले आफ्नो कोशेली एकपटक हेरेर माया गरिदिनको लागि भगवानरुपी दर्शकलाई अनुरोध गरेकी छन ।

हालसम्म उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएकी छिन् । नेपालका विभिन्न जिल्लाका महोत्सव तथा सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै उनले मलेसिया, सिङ्गापुर, भारतलगायत मुलुकमा समेत पुगेर आफ्नो प्रस्तुति दिईसकेकी छिन् ।सल्यान जिल्ला बागचौर नगरपालिका घर भएकी रियाले प्लस टु उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौं आएकी थिइन् । २१ वर्षकै उमेरमा उल्लेखनीय सफलता हासिल गरेकी उनले कलाकारितालाई नै जीवनको प्रमुख पहिचान बनाएर अघि बढ्ने संकल्प व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्