नेप्सेसँगै घट्यो कारोबार रकम

<span class='c1'>नेप्सेसँगै घट्यो</span> <span class='c2'>कारोबार रकम</span>

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ । सोमबार १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको नेप्से परिसुचक मंगलबार भने ०.७२ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको छ ।

सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबारमा मंगलबार भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कायारेबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.२३ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९८ अंक घटेको छ ।यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९८ प्रतिशतले बढेर २९४.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ३.६० प्रतिशतले बढेर प्रतिकित्ता ४०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । एभरेष्ट बैंकलिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.२२ प्रतिशतले बढेर १०९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७.४७ प्रतिशतले घटेर २०४६.७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । दोर्दिखोला जलविद्युत कम्पनीको शेयर मूल्य ७.३२ प्रतिशतले घटेर २५५.०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कुमारी सबल योजनाको शेयर प्रतिकित्ता ४.७९ प्रतिशतले घटेर ८.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दिखोला जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्