एक्सपर्ट छैठौँ विराटनगर बास्केटबल कप : सेमिफाइनलको समीकरण पुरा

<span class='c1'>एक्सपर्ट छैठौँ विराटनगर बास्केटबल कप</span> <span class='c2'>: सेमिफाइनलको समीकरण पुरा</span>

विराटनगर । एक्सपर्ट छैठौँ विराटनगर बास्केटबल कप को लिग चरण सकिएसँगै अन्तिम तालिका सार्वजनिक भएको छ र अब प्रतियोगिता सेमिफाइनल चरणमा प्रवेश गरेको छ। छात्रहरूको समूह ए मा बीकेभीएम स्कूल ले सबै ६ खेल जित्दै १२ अंकसहित विजेता बनेको छ भने शिक्षादीप कलेज १० अंकसहित उपविजेता भएको छ। त्यस्तै, समूह बी मा सगरमाथा माध्यमिक विद्यालय ले पनि अपराजित रहँदै १२ अंकसहित शीर्ष स्थान ओगट्यो भने एभरेष्ट स्कूल १० अंकसहित उपविजेता बन्यो।
छात्रतर्फको सेमिफाइनल अन्तर्गत सगरमाथा र शिक्षादीप बीच भदौ १८ गते सगरमाथाको होम कोर्टमा भिडन्त हुनेछ भने बीकेभीएम र एभरेष्ट बीचको खेल भदौ १९ गते बीकेभीएम स्कूलमा हुनेछ।

छात्राहरूको समूह ए मा अरनिको माध्यमिक विद्यालय ले सबै खेल जित्दै १२ अंकसहित विजेता बनेको छ। बीकेभीएम १० अंकसहित उपविजेता रह्यो। समूह बी मा एभरेष्ट स्कूल ले १२ अंकसहित विजेता बन्दै शीर्ष स्थान सुरक्षित गर्‍यो भने सेंट जोसेफ स्कूल ९ अंकसहित उपविजेता बन्यो।छात्राहरूको सेमिफाइनल अन्तर्गत अरनिको र सेंट जोसेफ बीच भदौ १७ गते अरनिकोको होम कोर्टमा खेल हुनेछ भने एभरेष्ट र बीकेभीएम बीच भदौ १८ गते एभरेष्ट स्कूलमा खेल हुनेछ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भइरहेको यस प्रतियोगिताले अहिले सम्म निकै प्रतिस्पर्धात्मक खेलहरु भएका छन् र अब सेमिफाइनल चरणले अझ रोमाञ्चक खेल हुने अपेक्षा रहेको लिगाका संयोजक त्रिलोक बास्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्