विराटनगर।भदौ १८ – एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस विराटनगरले प्रस्तुत गरेको छैटौं विराटनगर बास्केटबल कप–२०८२ अन्तर्गत छात्राहरूको फाइनल टुंगिएको छ।
सेमीफाइनलमा अर्निको सेकन्डरी स्कुलले जोरदार प्रदर्शन गर्दै सेंट जोसेफ्सलाई ६७-१४ ले पराजित गर्यो। खेलमा अर्निकोकी नोभा ओझा उत्कृष्ट खेलाडी घोषित भइन्। त्यसैगरी अर्को सेमीफाइनलमा बीकेभीएम स्कुलले एभरेष्टलाई २०-१० ले हराउँदै फाइनल यात्रा पक्का गर्यो। यस खेलमा बीकेभीएमकी गीता खड्का उत्कृष्ट खेलाडी बनिन्। अब फाइनलमा शनिवार अर्निको र बीकेभीएम एक अर्कासँग भिड्ने छन्।
यसैबीच, आज छात्रतर्फ पहिलो सेमीफाइनलमा सगरमाथा र शिक्षादीप आमनेसामने हुँदैछन् भने भोलि दोस्रो सेमीफाइनलमा बीकेभीएम र एभरेष्ट प्रतिस्पर्धा गर्नेछन्।