मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण अस्पताल भर्ना

<span class='c1'>मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा</span> <span class='c2'>पक्राउ परेकी किरण अस्पताल भर्ना</span>

वीरगन्ज । मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या भएपछि उनलाई बुधबार बिहान अस्पताल भर्ना गराइएको छ ।

नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिका नगर प्रमुख (मेयर) राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गराइएको हो ।बान्ता र पेट दुख्ने समस्या भएपछि साहलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । गत शनिबार पक्राउ परेकी किरणको मंगलबार साँझदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाइ राति पनि नारायणी अस्पतालमा पठाइएको र स्वास्थ्यमा सुधार भएपछि अबेर राति नै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा ल्याइएको बताए ।

किरण पक्राउ भएको दिनदेखि नै पानी बाहेकका अन्य खानेकुरा नखाएका कारण स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएको र आवश्यक परेमा उपचार सुविधा उपलब्ध गराइएको डिएसपी लम्सालले जानकारी दिए । वीरगन्ज नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी किरणलाई अत्यधिक कमजोरी रहेको अस्पतालका चिकित्सक अभिनास श्रीवास्तवले जानकारी दिए । किरणले आफू पक्राउ परेको अर्को दिनदेखि नै बान्ता र पेट दुखाइ भएकै कारण केही खानेकुरा नखाएको जानकारी दिइन् । स्वास्थ्यमा अत्याधिक समस्या भएपछि मंगलबार साँझ प्रहरीले उपचारका लागि नारायणी अस्पतालमा ल्याएको र स्वास्थ्यमा केही सुधार भएपछि राति १२ बजे पुनः थुनामा ल्याइएको थियो ।

बुधबार विहान फेरी स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनलाई अस्पतालमै भर्ना गरेर राखिएको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २६ सिस्वा महेशपुर घर भई वीरगन्ज महानगरपालिकाको वडा नं. १३ मुर्लीमा डेरा गरी बस्दै आएकी २२ वर्षीय किरणलाई मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा भदौं १४ गते प्रहरीले पक्राउ गरेको थियो ।किरणको परिवारका सदस्यहरू झाडापखाला भएर अस्पातालमा भर्ना थिए । सोही विषयमा खानेपानी मन्त्री यादव र वीरगन्जका मेयर सिंहलाई फोन गरी उनले पानी वितरण गर्दा अपनाउनुपर्ने विधि र प्रक्रिया किन नअपनाएको भन्दै कडा आवाजमा कुरा गर्दै धम्की समेत दिएको भनिएको छ ।

मन्त्री र मेयरलाई ज्यान मार्ने धम्की दिएको भन्दै खानेपानी मन्त्री यादवका पर्सनल असिस्टेन्ट (पिए) हरिन्द्र यादवले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि किरणलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्