निजी विद्यालयहरुको अन्तिम जिल्लास्तरीय शान्तिपूर्ण प्रदर्शन सम्पन्न

<span class='c1'>निजी विद्यालयहरुको अन्तिम जिल्लास्तरीय</span> <span class='c2'>शान्तिपूर्ण प्रदर्शन सम्पन्न</span>

जनकपुर । निजी विद्यालय सञ्चालकहरुले जनकपुरधाममा अन्तिम पटक जिल्लास्तरीय शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरुले बुधबार (आज) जनकपुरधाममा अन्तिम पटक प्रदेश स्तरीय शान्तिपूर्ण प्रर्दशन गरेका छन् । निजी विद्यालयहरुको संगठन प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनमा आवद्ध विद्यालयका सञ्चालहरुले निजी भवन देखि विरोध र्याली निकालेर जनकपुरधामको विभिन्न चोकहुँदै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएका थिए ।

कोण सभामा बोल्दै धनुषा जिल्ला प्याब्सनका अध्यक्ष नवल यादवले आज अन्तिम पटक जिल्ला केन्द्रित विरोध गरेको जानकारी दिए । उनले अब २३ गत्ते सम्पूर्ण निजी विद्यालयहरुका सञ्चालक काठमाडौं पुगेर विभिन्न दलका नेताहरुसँग भेट गरी आफूहरुको मागबारे ध्यानाकर्षण गराउने बताए । उनले २५ गत्ते काठमाडौंमा वृहत विरोध र्याली निकाल्ने जानकारी दिए । अध्यक्ष यादवले आफूहरुको माग सरकारले सम्बोधन नगरेसम्म विरोध जारी राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्