नेप्से निरन्तर घट्दो, कारोबार रकममा भने सामान्य सुधार

<span class='c1'>नेप्से निरन्तर घट्दो, कारोबार</span> <span class='c2'>रकममा भने सामान्य सुधार</span>

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको छ ।यसअघि मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो ।

यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२६ स्टकको ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.१६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंक घटेको छ ।

यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ७.०३ प्रतिशतले बढेर प्रतिकित्ता ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, एनएमबी हाइब्रिड फन्डको शेयर मूल्य प्रतिकित्ता ३.२७ प्रतिशतले बढेर ९.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।आज लिबर्टि इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.९९ प्रतिशतले घटेर प्रतिकित्ता २१८.७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । छ्याङ्दी हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६.४५ प्रतिशतले घटेर २४३.४९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य प्रतिकित्ता ३.८८ प्रतिशतले घटेर ४६१.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सिकलेस हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ३.७६ प्रतिशतले घटेर ७५२.५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन युनियन हाइड्रोपावर लिमिटेड, लिबर्टि इनर्जी कमपनी, नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र पञ्चकन्यामाइ हाइड्रोपावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्