धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्नु गलत : सांसद चौधरी

<span class='c1'>धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न</span> <span class='c2'>खोज्नु गलत : सांसद चौधरी</span>

काठमाडौं । रास्वपाका सांसद अशोक चौधरीले लाखौँ नेपालीको रोजगारी, व्यवसायसँग जोडिएको सामाजिक सञ्जाललाई सरकारले धम्की शैलीमा बन्द गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा असहमति नभएको बताउँदै सरकार धम्कीमा उत्रिएर जनहित विपरित काम गर्न खोजेको बताए । उनले भने, ‘नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको छ । लाखौँ नेपालीको रोजगारी, व्यवसाय डिजिटल प्लेटफमसँग गाँसिएको छ । तर सरकार धम्कीको शैलीमा फेसबुक, युट्युब बन्द गर्ने कुरा गर्छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने कुरामा कसैको कुनै असहमति छैन । सर्वोच्च अदालतले दिएको स्पष्ट परमादेश छ । यी प्लेटर्फम सबैलाई दर्ता गरेर नियमन गर्नुपर्छ सरकारको कर्तव्य भनेको अदालतको आदेश कार्यान्वयन गर्नु हो ।

त्यसका लागि कूटनीतिक वार्ता, कानुनी प्रबन्ध र दीर्घकालीन रणनीति अपनाउनु हो धम्की दिने होईन् । सरकार धम्कीमा उत्रिएको छ । यो जनहित विपरीत काम भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्