तयारी पोशाक संघको अध्यक्षमा पुनः पाण्डे निर्वाचित

<span class='c1'>तयारी पोशाक संघको अध्यक्षमा</span> <span class='c2'>पुनः पाण्डे निर्वाचित</span>

काठमाडौं । नेपाल तयारी पोशाक संघको अध्यक्षमा पशुपति देव पाण्डे पुनः निर्वाचित भएका छन् । संघको हालै सम्पन्न निर्वाचनबाट पाण्डे दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।

बिहीबार पदभार ग्रहण समारोहमा अध्यक्ष पाण्डेले संघको नेतृत्वको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् । सो अवसरमा बोल्दै उनले तयारी पोशाक क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने लक्ष्यसहित संघ अघि बढ्ने बताए ।‘तयारी पोशाक संघ भनेको अरुलाई उदाहरण दिने र आफूलाई पनि अगाडि बढाउने संस्था हो,’ उनले भने, ‘हामी देशको अर्थतन्त्र, श्रम बजार, निर्यात वृद्धि र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा तयार पार्न निरन्तर काम गर्नेछौं । भारत र चीनजस्ता देशमा तयारी पोशाक उद्योगले अर्थतन्त्रको मेरुदण्डको भूमिका खेलेको छ । हाम्रो पनि त्यही अवस्थालाई पुनः फर्काउने यो सुअवसर हो ।’

२००५ अघि नेपालमा पनि तयारी पोशाक उद्योगले उल्लेखनीय योगदान दिएको स्मरण गराउँदै उनले उक्त गौरव पुनः स्थापित गर्ने प्रतिबद्धता जनाए।यसपटक संघको कार्यसमितिमा उपाध्यक्षमा वसन्तराज अधिकारी र भूपेन्द्र कुमार बस्नेत चयन भएका छन् । महासचिवमा भीम कुमार गिरी, सह–सचिवमा थोमनाथ वस्याल, कोषाध्यक्षमा संजय कुमार अग्रवाल रहेका छन् । सदस्यहरूमा सुरेशमान श्रेष्ठ, हिराकाजी मुक्तान, सतिस गिरी र सचिन्द्र प्रधानाङ्ग रहेका छन्। साथै, रमेश कुमार कर्णलाई मनोनित सदस्य र सन्दिप पौडेललाई विशेष आमन्त्रित सदस्यका रूपमा चयन गरिएको छ। कृष्ण प्रसाद पाण्डे पनि कार्यसमितिमा सदस्य रहेका छन् ।अध्यक्ष पाण्डे नेपालबाट अमेरिकालगायत विभिन्न मुलुकमा ठूलो परिमाणमा तयारी पोशाक निर्यात गर्दै आएका सफल युवा उद्यमी हुन् । उनी हस्पिटालिटीसहितका थुप्रै अन्य व्यापार व्यवसायमा समेत सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्