सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ ः अग्नि सापकोटा

<span class='c1'>सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता</span> <span class='c2'>कुण्ठित गर्न खोज्दैछ ः अग्नि सापकोटा</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटालेसामाजिक सञ्जालहरु बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाजेको जस्तो देखिएको बताएका छन् ।

बिहीबार पदाधिकारी बैठकपश्चात उनले सरकारका सम्पूर्ण निर्णय, अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागि रहेको भन्दै यसमा गम्भिरतापूर्वक अध्ययन गरेर धारणाहरु सार्वजनिक गर्ने बताए । उनले भने, ‘सामाजिक सञ्जालको बारेमा सरकारले निर्णय गरेको छ । नियमन त गर्नुपर्छ, तर सरकारका सम्पूर्ण निर्णयहरुको सारको अध्ययन गर्दा र सरकारका सम्पूर्ण अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागि रहेको छ ।

यसमा हामी निकै गम्भिरतापूर्वक अध्ययन गर्दैछौँ । अध्यन सकेपछि हामीले हाम्रो धारणाहरु राख्ने नै छाँै । तर अहिले हामीलाई प्रथम दृष्टिमै के लागेको छ भने यो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर सरकार लागेको छ कि,’
साथै, उनले गणतन्त्रमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै नियमन गर्ने बहानामा उक्त अधिकार कुण्ठित त हुने होईन जस्तो लागेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्