महोत्तरीको एक विद्यालयको दिवाखाजामा छेपारो, ६० बालबालिका अस्पताल भर्ना

<span class='c1'>महोत्तरीको एक विद्यालयको दिवाखाजामा छेपारो,</span> <span class='c2'>६० बालबालिका अस्पताल भर्ना</span>

महोत्तरी । महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि एक विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन् । पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयको दिवाखाजामा छेपारो परेपछि ६० जना बालबालिका जनकपुर प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो । ती बालकले छेपारो देखेपछि कसैलाई नभनी खाजा फालेर घर फर्केर अभिभावकलाई सुनाएका थिए ।

त्यसपछि अभिभावकले खाजामा छेपारो परेको भनेपछि केही बालबालिकाले वाकवाकी लागेको बताएका थिए । अभिभावक र विद्यालयले तत्कलै खाजा खाएका ६० बालबालिकालाई निगरानीका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्