विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरील्याण्ड कलेजमा अध्ययरनत कक्षा १२ का विद्यार्थीको लागि आयोजना गरिएको हाजिर प्रतियोगिता सम्पन्न भएको छ ।
कलेजले पढाईका अतिरिक्त आईतबार आयोजना गरिएको हाजिर जवाफ प्रतियोगितामा निलकमल सेक्सन प्रथम भएको छ । प्रथम हुने टिममा हर्स सिंह , स्याम सुन्दर मेहता, सम्भव भट्टराई, र आराम गौतम रहेका थिए ।त्यसैगरी द्धितिय कुसुम सेक्सन भएको थियो भने तृतिय सुर्यमुखि सेक्सन भएको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले जानकारी दिनुभयो । हाजिर जवाफ प्रतियोतिामा कक्षा १२ का १० वटा समुहले भाग लिएका थिए ।
कलेजले बार्षिक क्यालेन्डर अन्तर्गत कक्षा ११ का विद्यार्थीहरुको लागि आगामी मंसिर महिनामा हुने र विजेता टिम विच फाईनल पुषमा हुने प्रिन्सीपल ढकालले जानकारी दिनुभयो ।