विराटनगरमा जेनजी प्रदर्शन, सरकारसँग सडकबाट आक्रोश (तस्वीरमा हेर्नुहोस्)

<span class='c1'>विराटनगरमा जेनजी प्रदर्शन, सरकारसँग</span> <span class='c2'>सडकबाट आक्रोश (तस्वीरमा हेर्नुहोस्)</span>

विराटनगर । विराटनगरमा जेनजी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरुले भ्रष्टचार छोप्न यस्तो गरेको भन्दै आक्रोश पोखेका छन् । विराटनगरमा संन्सारीमाईस्थानमा भेला भएका युवाहरु नगरको केहि भाग परिक्रमा गरेर रोडशेषसम्म नाराबाजी गर्दै पुगेको थियो ।

भ्रष्टाचारको संरक्षण र लोकतन्त्रमाथि प्रहार गर्दै केपी शर्मा ओली नेतृत्वको सरकार नागरिकका आवाज रोक्ने मनस्थितिमा रहेको भन्दै यसलाई सच्याउन माग गरिएको छ । आन्दोलनमा सहभागीले राष्ट्रिय झण्डा बोकेका थिए । प्लेकार्डमा भ्रष्टचारको अन्त्य हुनुपर्ने माग लेखिएको थियो ।

नारामा भने युवाहरुले ‘केपी ओली सरकार मुर्दावाद’ देखि ‘केपी चोर देश छोड’ को नारा समेत लगाएका थिए । प्रदर्शनका क्रममा अधिकांश समय प्रधानमन्त्रीको विरोधमा खर्चेका छन् । त्यसको प्रमुख कारण सामाजिक सञ्जाल निस्क्रिय पार्ने निर्णय रहेको थियो । आन्दोलनमा सक्रिय देखिएकी स्वीकृती कोइरालाले सरकार सामाजिक सञ्जाल बन्द गरेर अपादर्शी ढंगबाट चल्न खोजिरहेको बताइन् । उनले सरकार पारदर्शी हुनुपर्ने माग गरिन् । त्यसका लागि सरकारले नागरिकलाई सोसल मिडियामा सहज पहुँच दिनुपर्ने माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्