विराटनगरमा जेनजी आन्दोलनलाई मौसमको पनि साथ

<span class='c1'>विराटनगरमा जेनजी आन्दोलनलाई</span> <span class='c2'>मौसमको पनि साथ</span>

विराटनगर । विराटनगरमा जेनजीको प्रदर्शनलाई मौसमले समेत साथ दिएको छ । प्रदेशको राजधानी विराटनगरमा सोमबार बिहानभर पानी परेको थियो । तर, जेनजीको आन्दोलन हुने समय ११ बजे अगावै पानी पर्न रोकिएपछि उनीहरु क्रमशः सन्सारीमाई स्थानमा भेला भएर रोडशेष पुगेका थिए ।

जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ता हुन् । विराटनगरमा उनीहरुको प्रदर्शन शान्त देखिएको थियो तर उनीहरुको मनोविज्ञान आक्रोशित रुपमा प्रकट भएको थियो । आन्दोलन संसारी माइस्थानबाट सुरू भएको ट्राफिक चोक हुँदै महेन्द्र चोक हुँदै रोडशेष चोकमा पुगेर केहिबेर नाराबाजी भएको थियो ।

मुख्यमन्त्री कार्यालय रहेका कारण प्रहरीले रोडशेषमा ब्यारिकेड लगाएर रोकेको थियो । त्यहाँबाट प्रदर्शनकारीहरू जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनमा पुगेका हुन् । पानी परेर मौसम चिसो भएका कारण उनीहरुलाई लामो समयसम्म हिड्न सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्