कोशी प्रदेशमा प्रधानमन्त्री विरुद्ध बढी आक्रोश, गृहनगर दमकमा चल्यो गोली

<span class='c1'>कोशी प्रदेशमा प्रधानमन्त्री विरुद्ध बढी</span> <span class='c2'>आक्रोश, गृहनगर दमकमा चल्यो गोली</span>

विराटनगर । कोशी प्रदेशका विभिन्न शहरमा जेनजी पुस्ताको आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढी आक्रोशित देखिएको छ । उनको गृहनगर झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्दै गोली प्रहार गरेको हो ।

प्रहरीका अनुसार दमक चोकबाट जुलुससहित दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्नुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोजेका थिए । त्यसपछि स्थिति तनावग्रस्त बनेको थियो ।

भिड अनियन्त्रित बन्दै गएपछि प्रहरीले हस्तक्षेपस्वरूप गोली चलाएको हो । स्थानीयका अनुसार प्रहरीको गोली लागेर झापाको कमल–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले भिड नियन्त्रणबाहिर गएपछि हवाई फायर गरेको जानकारीमा आएको बताएका छन् । यता विराटनगरमा समेत प्रधानमन्त्री ओलीप्रति जेनजी पुस्ता बढी आक्रोशित देखिएको थियो । सुनसरीको इटहरीमा समेत प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्