धरान ।सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ। जेनजीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको हो।
इटहरी उपमहानगरपालिकामा आन्दोलनकारी प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गरेको हो। प्रहरी स्रोतका अनुसार दर्जनौं गोली हवाइ फायर गरिएको छ।
जेनजीको प्रदर्शनपछि पूर्व-पश्चिम राजमार्ग ठप्प बनेको छ। त्यस्तै धरानको भानुचोकस्थित धरान-धनकुटा सडक आन्दोलनकारीले कब्जामा लिएका छन्।