बिनु तिम्सिना
विराटनगर, २२ चैत । मोरङका कृषकहरु उन्नत जातका टमाटर खेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुने र बजारको अभाव पनि नरहेकाले किसानहरु टमाटर खेतीतर्फ आकर्षित भएका हुन् ।
अन्य बालि या तरकारी भन्दा मेहेनत धेरै लागेपनि टमाटरबाट उत्पादन र आम्दानि समेत बढि हुने भएकाले जिल्लाका कृषकहरु टमाटर खेति तर्फ आकर्षित भएका हुन् । जिल्ला कृषि विकास कार्यालय मोरङमार्फत सरकारले टमाटरलगायतका खेतीका लागि कृषि तथा यान्त्रिक खरिदमा अनुदान उपलब्ध गराएपछि किसानहरु थप उत्साहित भएको देखिन्छ ।
कोशी–हरैचा–६ बस्ने किसान कृष्णकुमार श्रेष्ठले ९ कठ्ठा जग्गामा गौरब जातको टमाटर लगाउनुभएको छ । असोज महिना देखि नै टमाटर बिक्रि गर्न सुरु गर्नुभएका हुलाले पाँच लाखको टमाटर बिक्रि गरिसकेको बताउनुभयो । राम्रो संग टनेल लगाएर टमाटर खेति गर्ने हो भने अरु खेति भन्दा टमाटरबाट राम्रो आम्दानि गर्न सकिने उहाले बताउनुभयो ।
मोरङमा खास गरेर कोशीहरैचा, कटहरि लगायतका क्षेत्रमा व्यवसायिक ढङ्गले उन्नत जातका टमाटरको खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत काशीकुमार चौंधरीले बताउनुभयो ।
[caption id="attachment_31205" align="aligncenter" width="603"] तस्विर: बिनु तिम्सिना[/caption]
मोरङमा ९० प्रतिशत हाब्रीड जातको टमाटर खेति हुने गरेको छ । त्यसमा पनि तराइको क्षेत्रमा गौरब, पृथ्वी, अभिनास २, मनिसा जातको र पहाडि क्षेत्रमा सिर्जना, त्रीसुल, एन एकसय ६२, अलराउण्डर लगायतको जातका टमाटरको खेति बढि मात्रामा गरिने कार्यालयले जनाएको छ ।
हाइब्रीड जातको टमाटर एक कठ्ठामा पाच सय देखि सात सय वटा बोट लागउन सकिन्छ । एक बोट बराबर कम्तीमा पनि २० किलो टमाटर उत्पादन हुने र एक कठठमा कम्तीमा पनि पाच हजार किलो टमाटर उत्पादन गर्न सकिने चौधरीले बताउनुभयो । उहाले भन्नुभयो, “ टमाटर खेतिमा फाइदा नै फाइदा छ तर कृषकहरुले माटो र मलखाद्य, रोगकिराको र भेराइटीको व्यवस्थापन राम्रो संग गर्न सके टमाटर खेतिबाट राम्रो आम्दानी गर्न सकिन्छ ।”
[caption id="attachment_31206" align="aligncenter" width="609"] तस्विर: बिनु तिम्सिना[/caption]
अहिले मोरङको तराइका क्षेत्रमा टमाटर सकिन लागेको र उच्च तथा मध्य पहाडि क्षेत्र पाटि, केराबारी, याङ्सीलामा टमाटरको खेति सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयले सो क्षेत्रका किसानहरुलाइ टनेल वितरण गरिसकेको र उनिहरुले बेर्ना उत्पादन सुरु गरिसकेको कार्यालयले जनाएको छ । पहाडि क्षेत्रको टमाटर असोज कार्तिक सम्म तराइमा आउने गरेको छ । यस वर्ष मोरङमा एक हजार हेक्टर क्षेत्रफलमा टमाटर खेति गरिएको छ । मोरङमा सबैभन्दा बढी उत्पादन दिने थाइलेण्डका वीउको अत्यधिक माग रहेको छ ।