झापाको बिर्तामोडमा एमाले पार्टी कार्यालयमा आगजनी

<span class='c1'>झापाको बिर्तामोडमा एमाले</span> <span class='c2'>पार्टी कार्यालयमा आगजनी</span>

विराटनगर । झापाको विर्तामोड स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् । मंगलबार बिहान प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगो लगाएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोख्रेलले आगजनीको सूचना पाउनासाथ प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । आन्दोलनकारीले सोमबार मात्रै सोही कार्यालयमा तोडफोड गरेका थिए ।

देशभर चर्किएको ‘जेन–जी’आन्दोलनका क्रममा प्रदर्शनकारीले विभिन्न स्थानमा प्रदर्शन र तोडफोड गरिरहेका छन् । झापाको दमक र विर्तामोडमा सोमबार रातिदेखि नै तनावपूर्ण स्थिति रहेको र कर्फ्युसमेत लगाइएको थियो । प्रदर्शनकारीले दमक नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनमा पनि आगजनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्