विराटनगर स्थित कोशी प्रदेशसभा भवनमा प्रवेश प्रयासपछि झडप

<span class='c1'>विराटनगर स्थित कोशी  प्रदेशसभा</span> <span class='c2'>भवनमा प्रवेश प्रयासपछि झडप</span>

विराटनगर । जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानैदेखि विराटनगरमा उग्र बनेको छ । सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो ।

प्रदेशसभा भवनभित्र प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीले दोहोरो झडप भएको छ । ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले नियन्त्रणका लागि अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रयोग गरिएको जनाएको छ ।कर्फ्यु आदेश तोड्दै प्रदेशसभा सचिवालय अगाडि अगाडि बढेका युवामाथि प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारी झन् आक्रामक बनेका छन् ।

निरन्तर नाराबाजी जारी रहेकाले सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ ।विराटनगरका विभिन्न क्षेत्रमा अझै पनि तनाव कायमै छ । यस क्रममा शहरको पुष्पलालको शालिकसमेत तोडफोड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्