मोरङको पथरी र उर्लाबारीका प्रहरी कार्यालयबाट थुनुवा फरार

<span class='c1'>मोरङको पथरी र उर्लाबारीका</span> <span class='c2'>प्रहरी कार्यालयबाट थुनुवा फरार</span>

विराटनगर भाद्र २५, मोरङ जिल्लाका दुई इलाका प्रहरी कार्यालयबाट थुनुवा समूहिक रूपमा फरार भएका छन्। इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवा मंगलबार बिहानै भाग्न सफल भएका हुन्।

प्रहरीका अनुसार उर्लाबारीमा १९ जना र पथरीमा १४ जना थुनुवा थिए। सबैजना फरार भएपछि दुवै इलाकामा सुरक्षाकर्मी तैनाथ गरी खोजी कार्य तीव्र पारिएको छ।

यसबाहेक पथरीस्थित मुद्दा शाखामा रहेका महत्वपूर्ण कागजात पनि आगजनी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङले आसपासका क्षेत्रमा व्यापक चेकजाँच सुरु गरेको छ भने नजिकैका नाकामा कडा निगरानी गरिएको जनाएको छ।

प्रहरीले फरार थुनुवाको खोजी र नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्