विराटनगरमा लुटपाट गर्नेलाई स्थानियले नै नियन्त्रणमा लिई कार्वाहि गर्दै

<span class='c1'>विराटनगरमा लुटपाट गर्नेलाई स्थानियले नै</span> <span class='c2'>नियन्त्रणमा लिई कार्वाहि गर्दै</span>

इन्दु कुमारी साह
विराटनगर । हालैको आन्दोलनपछि विराटनगरका विभिन्न स्थानमा लुटपाट र चोरीजस्ता अपराधिक गतिविधि बढिरहेका छन् । यसै क्रममा स्थानीय बासिन्दाले सुरक्षा संयन्त्रलाई सहयोग गर्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन थालेका छन् । हिजोदेखि बढिरहेका यस्ता घटनापछि प्रहरीले मात्र नभई स्थानिय युवाहरु स्वयं सक्रिय भई अपराधिक गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर सजाय दिइरहेका छन् । उनीहरुले आन्दोलनको नाममा अपरिचित व्यक्तिहरु प्रवेश गरी लुटपाट, चोरी तथा आगजनी जस्ता काम गरिरहेको आरोप लगाएका छन् ।

सामाजिक उत्तरदायित्वअनुसार सुरक्षामा खटिएका युवाहरुले भने शान्तिपूर्ण आन्दोलनमा अशान्ति मच्चाउने र जनधनको क्षति पुर्‍याउनेलाई क्षमा दिदैनौँ । उनीहरुले भने हामी प्रहरीलाई सहयोग गर्दै त्यस्ता व्यक्तिमाथि कारबाही गरिरहेका छौं । प्रहरी प्रशासनले पनि स्थानीयको सहयोगमा सुरक्षा अवस्था नियन्त्रणमा लिन सजिलो भएको प्रतिक्रिया दिएको छ । प्रहरीले स्थानीयलाई कानूनी प्रक्रिया अनुसार सहयोग गर्न र शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्