विराटनगरका युवाहरु क्षतिग्रस्त क्षेत्रमा सरसफाईमा जुटे

<span class='c1'>विराटनगरका युवाहरु क्षतिग्रस्त</span> <span class='c2'>क्षेत्रमा सरसफाईमा जुटे</span>

इन्दु कुमारी शाह
विराटनगर । हालैको अव्यवस्थित घटनाले क्षति पु¥याएका स्थानलाई पुनः सामान्य अवस्थामा फर्काउन विराटनगरका युवाहरु सक्रिय भएका छन् ।

मंगलवार बिहानदेखि विभिन्न टोलटोलका युवाहरुले क्षतिग्रस्त क्षेत्रहरूमा सरसफाई अभियान सञ्चालन गरेका छन् । आफ्नो वरिपरिको क्षेत्रलाई सफा राख्ने उद्देश्यले उनीहरू धमाधम सडक, चोक र सार्वजनिक स्थानमा जुटिरहेका छन् । सरसफाईमा सहभागी युवाले भने महानगरलाई फेरि पुरानै स्वरूपमा फर्काउने हाम्रो अभियान हो । उनले भने हामी सबै मिलेर शहरलाई उज्यालो बनाउन सक्छौं भन्दै सबैलाई यस अभियानमा जोडिन आग्रह गरे ।

युवाहरूसँगै विभिन्न सामाजिक संस्था र संघसंस्थाहरू पनि सरसफाई अभियानमा सहभागी भएका छन् ।युवाहरुको सक्रियता र सामुदायिक सहभागिताले शहरलाई छिट्टै पुरानै स्वरूपमा फर्काउने कोसिस जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्