हालैको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति चेम्बरद्धारा दुःख व्यक्त

<span class='c1'>हालैको आन्दोलनका क्रममा भएको जनधनको</span> <span class='c2'>क्षतिप्रति चेम्बरद्धारा दुःख व्यक्त</span>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।आन्दोलनका क्रममा औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भिर क्षति भएको उल्लेख गर्दै चेम्बरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सम्वाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ । भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता जेनजीले उठाएका विषयहरुलाई सवै सरोकारवालाले गम्भिरतापूर्वक लिनुपर्ने आजको अवश्यक्ता देखिएको चेम्बरले औंल्याएको छ ।

आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यवसायिक वातावरण खल्बल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेनजी पुस्ताका युवाहरूलाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न चेम्बरले आह्वान गरेको छ । साथै, मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा समेत चेम्बरले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्