मोरङ । मोरङ जिल्लामा आज शुक्रवार विहान १० : ०० बजेदेखि वेलुका ४ : ०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ। साथै, वेलुका ७ : ०० बजेदेखि शनिवार बिहान ५ :०० बजेसम्म कर्फ्यू आदेशको निरन्तरता रहने जिल्ला प्रशासन कार्यलाय मोरङले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार, सुरक्षा अवस्थालाई ध्यानमा राखी सो निर्णय गरिएको हो। प्रशासनले नागरिकहरूलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन र आदेशको पालना गर्न अनुरोध गरेको छ।
निषेधाज्ञा तथा कर्फ्यू अवधिमा उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ। सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाई प्रशासनलाई सहयोग गर्न अनुरोध गरिएको छ।