तीनजना युवा, जसले जोगाए विराटनगर वीरेन्द्र सभागृह

<span class='c1'>तीनजना युवा, जसले जोगाए</span> <span class='c2'>विराटनगर वीरेन्द्र सभागृह</span>

विराटनगर । विराटनगर महानगरपालिका–६ का २३ वर्षीय अनमोल लिम्बूले सामाजिक सञ्जालमार्फत ‘सुशासन र पारदर्शिता’ को पक्षमा सरकार विरुद्ध दवावमुलक प्रदर्शन गर्ने सूचना पाएपछि गत भदौ २३ गते आन्दोलनमा सहभागी हुने निधो गरे । आफ्ना साथीहरुसहित उनी महेन्द्रचौक पुगे । आन्दोलन शान्तिपूर्ण थियो, नागरिकप्रति जवाफदेही सरकार हुनुपर्ने मुद्दामा उनी सहमत थिए ।
जनता आदर्श बहुमुखी क्याम्पसमा बीएसडब्लु तेस्रो सेमेस्टरका विद्यार्थी अनमोल आफ्ना साथी जीतनारायण चौधरी र राहुल माझीसँगै दवावमुलुक आन्दोलनमा सहभागी थिए ।

तर, काठमाण्डौंको दवावमुलक आन्दोलनमा विधार्थीमाथि गोली हानियो । त्यसले २३ गतेका लागि भनिएको आन्दोलन २४ गतेका लागि तानिएको थियो । उनलाई २४ गतेको आन्दोलनमा सहभागी हुन घरपरिवारले सहमती दिएनन् । त्यहिपनि आन्दोलनले उनमा एउटा आक्रोश थियो, जेनजी आन्दोलनमाथि यो दवाव किन ? त्यहि भएर घरबाट बाहिर निस्के । विराटनगरका विभिन्न सरकारी संरचना दनदनी बलिरहेको देखेपछि मन दुखाउँदै अवलोकन गरे ।

जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेर एउटा भीड दक्षिणतर्फ लाग्दै थियो । अनमोलसहित तीनजना साथीहरु शहीद मैदानमा थाकेर आराम गरिरहेका बेला विरेन्द्र सभागृह तोडफोड र जलाउने भन्दै भीड बढ्यो । तर, भर्खरै निर्माणसम्पन्न भएर आकर्षक भवन जलाउने भनेपछि तीनैजनाको मनले मानेन । त्यहि बेला सभागृह अगाडी उनीहरु उभिएरहेका बेला नजिकैका पसल सञ्चालकले यसलाई जोगाउनुपर्छ भन्दै गुहार मागे ।

जेनजी आन्दोलन भित्र अराजकता र हिंसा भड्काउने व्यक्तिहरु प्रवेश भएको आशंका त अन्य संरचना ध्वस्त बनाउँन देखिएका अनुहारबाट प्रष्ट भइसकेको थियो । विरेन्द्र सभागृह तोडफोड गर्न जानेहरुको अनुहारमा पनि जेनजी पुस्ता झल्कदैनथ्यो । त्यसैले उनीहरुले आँट, साहस र सहनशीलतामार्फत भीडलाई सम्झाउन थाले । जसको परिणाम सभागृह ध्वस्त हुनबाट जोगियो ।
आन्दोलनको दोस्रो दिन गत मंगलबार विराटनगरमा कोही प्रदेशसभा, प्रदेश प्रमुखको कार्यालय, मन्त्रालयहरु, सरकारी कार्यालयहरुमा आगजनी र तोडफोडदेखि चोरीसम्म भएको थियो । तर, विराटनगर–७ मा आकर्षक बनेको विरेन्द्र सभागृह मुख्य गेट तोडफोड गरेर भित्र प्रवेश गरेको भीडबाट अनमोल लिम्बु, तेजनारायण चौधरी र राहुल माझीले जोगाउन सफल भएका हुन् । यो संरचना जोगाउने उनीहरु भने जेनजी पुस्ताकै छन् ।

भीडलाई सम्झाउँदै ‘यो हाम्रै सम्पति हो, हामीलाई नै चाहिन्छ, नष्ट नगरौं’ भनेर उनीहरुले सम्झाउँदै गरेको भीडियोमा अहिले धेरैलाई धन्यवाद व्यक्त गरिरहेका छन् ।
लिम्बुले आन्दोलनका कारण देशको अवस्था सपनामा पनि देख्न नपरोस् जस्तो भएको भन्दै चिन्ता व्यक्त गरे । उनले आगामी दिन देशले प्रगति कसरी गर्छ ? भन्ने चिन्ताले मन भरिएको भएपनि पुननिर्माण र पुर्नजागरणमा लाग्न सबैसँग आग्रह गरेका छन् ।
विरेन्द्र सभागृह २०३० सालमा निर्माण गरिएको भवन हो । जीर्ण बनेपछि २० करोड खर्चेर प्रवलीकरण गरिएको छ । प्रवलीकरण गरिएपछि यो आकर्षक भवन बनेको छ । तर, आन्दोलनको शिकार हुने निश्चित भइसकेको भवन एकाएक जोगाउन तीनजनाले खेलेको भूमिकाले उनीहरु अहिले प्रशंसा र धन्यवादका पात्र बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्