विराटनगर । जिल्ला अदालत मोरङले दशै पछि मात्रै मुद्दाको सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि खण्डहर बनेको अदालतले मुद्दाको सुनुवाइ असोज २० गतेबाट गर्ने जनाएको हो ।
आगजनी र लुटपाटका कारण क्षति भएको र दशैं बिदा पनि परेका कारण असोज २० गतेसम्म अदालतले आंशिक मात्रै सेवा प्रवाह गर्ने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका हुन् ।
अदालतले सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद थप, पक्राउ पुर्जी अनुमति र जरुरी पक्राउ पुर्जी र थुनछेक बहस गर्नेछ । मुद्दाको सुनुवाइ असोज २० गतेपछि हुने बताइएको छ ।