जेनजी आन्दोलनसँगै विराटनगर महानगरपालिका शून्यमा झर्‍यो, सेवा अनिश्चित

<span class='c1'>जेनजी आन्दोलनसँगै विराटनगर महानगरपालिका</span> <span class='c2'>शून्यमा झर्‍यो, सेवा अनिश्चित</span>

विराटनगर । जेनजी आन्दोलनको नाममा अराजक समूहले आगजनी गर्दा विराटनगर महानगरपालिका तत्काल उठ्न नसक्ने स्थितिमा पुगेको छ । गत २३ गते जेनजी आन्दोलनकारीले गेटमा नयाँ राष्ट्रिय झण्डा राखेर हिँडेका थिए । त्यसको भोलिपल्ट भदौ २४ मा आन्दोलनकारीले कार्यालयका कागजात, दस्तावेज र सवारी साधन पूर्ण रुपमा क्षति हुने गरि जलाइदिएका हुन् ।

महानगरपालिकामा उपप्रमुख शिल्ला निरला कार्कीको कार्यकक्ष बाहेक अन्य सबै कार्यकक्षमा तोडफोड र आगजनी भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले सेवा प्रवाह गर्न नसक्ने गरी शून्य अवस्थामा पुगेको बताएका छन् । अराजक समूहको आगजनीको निसानामा महानगरको अत्यावश्यक सवारी साधन पनि परेका छन् । डोजर, मिनी ट्रकलगायत विपदमा प्रयोग हुने सवारी जलेका छन् । महानगरपालिकाले पार्किङ गरेर राखेका सबै सरकारी जलेका हुन् ।

कार्यालय भित्र र बाहिर भएको क्षतिको विवरण संकलनको काम सुरु गर्ने तयारी भइरहेको जानकारी दिइएको छ । साधन–स्रोतका हिसाबले महानगरपालिका शून्य अवस्थामा झरेको छ । कर्मचारीलाई बस्ने टेबल–कुर्सी र कार्यालयका दस्ताबेज जलेका छन् । सेवा प्रवाह गर्दा आवश्यक पर्ने केहि पनि सामाग्री नभएका कारण अहिले नै यो कार्यालयबाट केहि हुने देखिएको छैन । महत्पपूर्ण कागजात भएको नक्साफाँट, राजस्व फाँट, घरजग्गा फाँटमा छानीछानी आगजनी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्